सुनको भाउँ सोमबार पनि घटेको छ । तिहारपछि पहिलोपटक आइतबार तोकिएको सुनचाँदीको भाउ भारी मात्रामा घटेको थियो भने आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० रुपैँयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।