सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य २९०० घट्यो

काठमाडौँ,

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.