सुचना, समाचार र मनोरन्जन

शंकर अधिकारीको निर्देशनमा बन्यो समलिंगी प्रेममा आधारित गीत ‘गोर्खा पल्टन’

काठमाडौं :

शान्तिश्री परियार र नित्याशिवाले आवाजको आवाजमा ‘गोर्खा पल्टन’गीतको भिडियो सहित सार्वजनिक भएको छ। समलिंगी प्रेममा आधारित भएर तयार पारिएको गीतको भिडियो हालै रिलिज भएको हो।

गीतमा सुपक अधिकारीको शब्द, रिमेशकुमार थापाको संगीत रहेको छ भने गीतलाई विशम आचार्यले एरेंज गरेका हुन्। गीतकार अधिकारीको युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा एकै लिंगबीचको प्रेमलाई उतारिएको छ। गीतका अधिकारीका अनुसार विवाह भनेको केटाले केटीलाई सिन्दुर हाल्ने मात्रै होइन, दुईआत्माको मिलन हो भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ।

Pach Pandav

गीतको भिडियोमा लाहुरेको भूमिकामा स्मारिका ढकाल र उनकी प्रमिकाको भूमिकामा दीपा शाहि रहेकी छन्। उनीहरुको जोडीलाई दर्शकले समेत मन पराएका छन्। चक्रबहादुर बरालको छायांकन, मदन न्यौपानेको श्रृंगार, सियोन श्रेष्ठको नृत्य संयोजन रहेको छ।

साथै गीतमा सन्तोष पराजुलीको प्रोडक्सन र सिलन लम्सालको सम्पादन रहेको छ भने भिडियोलाई शंकर अधिकारी (घायल)ले निर्देशन गरेका हुन्। यसअघि गीतकार अधिकारीको ‘गड्यो प्यार दिलमा’ बोलको गजल गीत, पैसा हैन माया, दोहोरो मादल, हल्ला चल्यो, देशले माग्दैलगायतका गीत सार्वजनिक भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.