Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘पेन्सन पट्टा’ ट्रेलर : बाबुको पेन्सनपट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा अर्को गाउँ पसे दयाहाङ
- ‘चोर बिरालो पल्क्यो’की गायिका श्रीदेवी र दयालुको ‘छोडेन कामैले’लाई दर्शकको साथ,कट्यो मिलियन भ्युज
- निखिलको दमदार एक्सनले भरिएको ‘आचार्य’को टिजरको चर्चा
- बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै ३५ दिनमा सुटिङ सकियो ‘तिरिमिरी झ्याइँ’को
- गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने
- सुटिङ चल्दा चल्दै ६ देशमा विक्री भयो पल शाहको ‘यानीमाया’
- फिल्म ‘पार्वती’ : अटिजमको कथा बोकेर फरकपन दिन खोजेको दाबी
- ६० वर्षमाथिका दर्शकलाई ‘गौँथली’ पैसा नलाग्ने,फिल्मले कटायो २५ करोड कलेक्सन
- पोखरा–दुबई उडान दिगा बनाउन पर्यटन व्यवसायीको अग्रसरता
- बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
काठमाडौँ,
गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
त्यसैगरी काममा ढिलाइ भएको विषयमा उहाँले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराउनुभएको छ । अनुगमनका क्रममा उहाँले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिनुभएको हो ।
निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।
Prev Post