
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो
- एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: हलनचोकमा प्रत्यक्ष प्रसारण
- गण्डकीमा प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा कर्मचारी माग
- ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?
- ‘सारथी’को टिजरमा गिरिको रहस्यमय यात्रा, निरुतालाई ‘आमा’ सम्बोधन गरेपछि बढ्यो कौतूहल
- हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’
- ‘कंगाल करोडपति’पछि राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो फिल्म ‘नौ डाँडा काटेर’
- विपना, वर्षा र महेशको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु
- पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिच्दै थालियो ‘ऊनको स्वीटर’को सिक्वेल
- दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको शिष्टाचार भेट
काठमाडौँ,
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन ।
त्यस अवसरमा उहाँहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले बताए ।

राष्ट्रपतिले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति संयुक्त राष्ट्रसङ्घसँग निकट सम्पर्कमा रहेर नेपालले काम गर्ने बताए ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनाका साथै सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।
नेपालले कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रताडित भएकाले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तरराष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको राष्ट्रपतिको कथन थियो ।
Prev Post