सुचना, समाचार र मनोरन्जन

‘हामी तीन भाई’चैत १३ गतेबाट प्रदर्शनमा आउने,पोस्टरमा देखियो तीनभाईको गज्जबको केमेष्ट्री

काठमाडौं :

मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन्। साथै छेवैमा एउटा भाले उडिरहेको देखिन्छ। सायद उनीहरु कुनै कुरा सफल हुँदाको क्षणमा खुशी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ।

Pach Pandav

निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस फिल्मको मुख्य भुमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा ९हर्के हल्दार०, विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा ९सरापे०,अन्जु हमाल,तारा शर्मा,पवन के।सी।, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन रहेका छन्।

प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार के।सी।रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् भने छायांकन शिव ढकालको छ। फिल्मलाई सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन करर्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह रंग संयोजक रेनिश फागोले गरेका छन् भने ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो।
त्यसै गरि सहायक सम्पादक क्यामोदिन मियाले गरेका हुन् भने श्रृंगार अशोक रोक्काको छ। फिल्ममा पाश्र्वसंगीत सम्राट थापाको छ भने  द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन्।

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत् र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। फिल्मलाई  नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.