सुचना, समाचार र मनोरन्जन

सरोज र आश्माको ‘हे नीर’को उत्कृष्ट प्रतिक्रिया दिने दुईलाई स्मार्ट फोन उपहार

काठमाडौं :

गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । निर्माण टिमले गीतको भिडियोलाई शुक्रबार सार्वजनिक गरेको हो।

Chaka Panja

गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण, एसडीकै मिक्सिङ तथा मास्टरिङ छ।भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् । सार्वजनिक भिडियोमा यूवा यूवतीबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ।

सरोज र आश्माकै कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायांकन, विजय अधिकारीको सह–निर्देशन, पेम्बा मगरको सह–कोरियोग्राफी तथा सरोज अधिकारीको कन्सेप्ट र निर्देशन छ। गीतको भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट २ छनोट गरि एक्सपर्ट टेलिकमको तर्फबाट दुईवटा स्मार्ट फोन उपहार दिइने निर्माणपक्षले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.