एजेन्जी :
बलिउड फिल्म ‘हेराफेरी ३’ को सुटिङमा दुई कलाकारबीचको विवाद चर्किएको छ। फिल्मका मुख्य अभिनेताद्धय अक्षय कुमार र परेश रावलबीच द्धन्द्ध चर्किएको हो। केहि दिनअघि फिल्मको छायांकन गर्दा गर्दै परेश रावलले फिल्म छाडेका थिए। सोही विषयलाई लिएर अक्षयले परेशसँग २५ करोड क्षतिपूर्तिको माग गर्दै लिगल नोटिस पठाए हुन्।
परेशले गैरव्यवसायिकता प्रदर्शन गरेको आरोप अक्षयको छ। अक्षयको फिल्म कम्पनी ‘केप अफ गुड फिल्म’ले नोटिस पठाएको भारतिय मिडियाले बताएका छन्। परेशले सुटिङ गर्दागर्दै गतसाता आफू फिल्मबाट बाहिरिएको उल्लेख गरेका थिए। यस फिल्मका निर्माता अक्षय पनि हुन्। त्यस कारण उनी परेशसँग रिसाएका हुन्। यस फिल्ममा अक्षय कुमार, सुनील शेट्टी र परेश लगायतले फिल्मको छायांकन सुरु गरेका थिए।
मुद्दाको कानुनी कार्यवाहीको बारेमा जानकार एक स्रोतले भन्यो, ‘परेशले व्यावसायिक निष्ठा उल्लंघन गरेका छन्। यदि फिल्ममा काम गर्न चाहँदैनथे भने, कानुनी सम्झौतामा हस्ताक्षर गर्नु र सुटिङमा यति धेरै पैसा खर्च गर्नुअघि नै उनले त्यसो भन्नुपथ्र्यो । बलिउड कलाकारले यो बुझ्ने समय आएको छ कि हलिउड जस्तै यहाँ पनि निर्माताले कसैलाई पनि आफ्नो इच्छा अनुसार फिल्ममा आउन र जान दिने छैनन् ।’
रावलले सन् २०२३ मा ’ओह माई गड २’ गर्न अस्वीकार गर्दै र पटकथा मन नपरेको बताए। सन् २००९ को सुरुमा शाहरुख खानको ’बिल्लु बार्बर’ छोडेपछि उनले त्यसो गरेको बताइन्छ । संयोगवश, त्यो फिल्म पनि प्रियदर्शनले निर्देशन गरेका थिए।