सुचना, समाचार र मनोरन्जन

राष्ट्र बैंककाे गभर्नरमा नियुक्त भए डा. विश्व पाैडेल

काठमाडौं,

विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन । केहीबेरअघि बसेकाे मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाईराष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो ।

यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्‍मा सिफारिश गरेको थियो । समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईकाे नाम सिफारिश गरेकाे थियाे ।

सिफारिश भएका नाममध्ये पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो । याेसँगै झन्डै डेढ महिनादेखि रिक्त रहेकाे गभर्नर पदले पूर्णता पाएकाे छ ।

 

Leave A Reply

Your email address will not be published.