Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विपद्को घडीमा अर्जुन पोखरेलको मानवीय हात—बाढीपीडितलाई ५० हजार सहयोग
- नाम होइन, कामले चिनिने नेतृत्व—अमृत पोख्रेल ‘बिजुली अमृत’
- विपद्को घडीमा युवा व्यवसायी राजन पन्थीको उदाहरणीय पहल, G&K बाट रु. १ लाख ११ हजार १११ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि नेपाली कलाकारहरूको हातेमालो: प्रधानमन्त्री राहतकोषमा सहयोगको ओइरो
- रियल हिरो सोनू सूदको प्रतिबद्धता : ‘नेपाल तिमी एक्लो छैनौ, हामी सहयोग लिएर आउँदैछौँ’
- २० वर्षपछि १९७४ एडीको ‘रक यात्रा’ पुनः सुरु, सेप्टेम्बर २३ बाट अष्ट्रेलिया टुर
- भोटेकोशी बाढीपीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने
- भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
- यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक
- गोसाइँकुण्डबाट काठमाडौं फर्कँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अवरुद्ध
स्याङ्जा : अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको वालिङ–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो ।
गएराति वालिङ नगरपालिकाको बाँयटारी तथा गल्याङ नगरपालिका विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि अहिले सडक विभागको डोजरले पहिरो पन्छाउने काम सुरु गरेको छ । बाँयटारीमा पहिरो हटाउने कार्य जारी छ । वालिङदेखि राम्दीसम्मको सडकखण्डमा पाँच/छ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ ।
पहिरोका कारण बुटवल–पाल्पा हुँदै स्याङ्जा प्रवेश गर्ने सवारीसाधन रोकिएका छन् । वालिङबाट पाल्पा, बुटवलतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
अविरल वर्षाका कारण स्याङ्जा र पर्वतको दक्षिण भेग जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकका विभिन्न ठाउँमा पहिरो जाँदा सवारीसाधन रोकिएको जनाइएको छ । त्यस्तै वालिङ–चापाकोट सडकखण्डमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने गल्याङ–चापाकोट सडकखण्ड पनि सञ्चालन हुन सकेको छैन ।
Next Post