सुचना, समाचार र मनोरन्जन

अमेरिकामा भारी हिमपात, आपतकालको घोषणा

वासिङ्टन डीसी/

३० भन्दा बढी राज्यहरूमा ६० करोडभन्दा बढी अमेरिकीहरू ठुलो हिउँदे आँधीको चपेटामा छन् जसले एक दशकै सबैभन्दा ठुलो हिमपात र चिसो तापक्रम ल्याउन सक्ने बताइएको छ । चरम मौसमी अवस्थाहरूको साथमा एक ध्रुवीय भोर्टेक्सले चिसो मौसमलाई आर्कटिकबाट मध्य अमेरिकासम्म ल्याएको हो।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कान्सास र न्यु जर्सीका केही भागमा पनि आपत्काल घोषणा गरिएको छ। आँधीका कारण हजारौँ उडानहरू ढिलो वा रद्द भएका छन्, धेरै सडकहरू काटिएका छन् र विद्यालयहरू बन्द छन् ।

हिमपातले कन्सास र मिसौरीमा ह्वाइटआउट अवस्था ल्याउने अपेक्षा गरिएको छ, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.