काठमाडौं :
एकल नारीले समाजमा भोग्नुपर्ने संघर्ष, जातीय भेदभाव र सामाजिक बहिष्कारको यथार्थ चित्रण गर्ने टेलिसिरियल ‘हिरा’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.ले शनिबार ट्रेलर सार्वजनिक गर्दै भदौ १९ गतेदेखि सिरियल प्रसारणमा आउने जानकारी गराएको हो।
‘कथा घरघरको’ भन्ने नारासहित सार्वजनिक गरिएको यो पारिवारिक टेलिसिरियलमा पति गुमाएकी महिलाको सामाजिक जीवन, पीडा र आत्मसम्मानको संघर्षलाई केन्द्रमा राखिएको छ। ट्रेलरले सामाजिक यथार्थ चित्रण गर्दै टेलिसिरियलको मूल विषयवस्तु संकेत गर्छ।
सिरियलका निर्देशक विशाल बराल का अनुसार ‘हिरा’ राष्ट्रिय स्तरका टेलिभिजन च्यानलहरू र युट्युबको ‘CM Digital’ च्यानलमार्फत प्रसारण हुनेछ। सिरियलको कथा विराज विष्ट ले लेखेका हुन् भने निर्माणको जिम्मा पवी दाहाल ले लिएकी छिन्।
कलाकारहरूमा विशाल पहारी,प्रीया रिजाल, सुवर्ण दुलाल,विधा कार्की, प्रीति शिवाकोटी,रवि खड्का, कुलबहादुर वली,केशु पुन मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवी दाहाल,लक्ष्मी गोसाइँ,रोहन परियार,वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी लगायतको अभिनय रहेको छ।
सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड म्युजिक, राकेश दाहालको पोस्टर डिजाइन, र छायांकनमा रक कौशलको संलग्नता रहेको छ। शीर्ष गीतमा जय देवकोटाको संगीतमा गायिका समिक्षा अधिकारी को स्वर समावेश छ।
सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा-३, नाला चुना ताल क्षेत्रमा गरिएको हो। कार्यक्रम स्व. मोती विष्ट को प्रस्तुतिमा तयार पारिएको हो।
