सुचना, समाचार र मनोरन्जन

सरफाई गर्दै उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरि मनाइयो विश्व हुलाक दिवस

कास्की :

पोखरामा १४९औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। आइतबारबाट हुलाक निर्देशनालय पोखराको आयोजनामा सरसफाई कार्यक्रम राखि हुलाक दिवसलाई मनाएको हो।

आइतबार हुलाकका कर्मचारीहरुले कार्यालयको कम्पाउण्ड बाहिर सामाजिक मन्त्रालयबाट मालपोत जाने वाटोमा भएका खाल्डा पुरेका थिए भने २२ गते कार्यालय परिसर भित्र सरसफाई गर्ने,फूलका बिरुवा क्यान तयार गरी रोपेका थिए। यस कार्यक्रममा ३० जना भन्दा वढि कर्मचारीको सहभागिता थियो।

यस निर्देशनालयमा सोमबार पहिलो सेवा ग्राही नेपाली पोखरा १२ का रोशन क्षेत्रीलाई समेत सम्मान गरेको छ। सोही कार्यक्रममा विदेशी नागरिक Alexis Chentrel Charlie Keveque France लाई टीका खादा लगाई डायरी हस्तान्तरण गरियो। उनीहरुलाई निर्देशनालयका निर्देशक श्री कीर्तनराज पौडेल र शा.अ. श्री तुलसी आचार्यवाट विदेशीलाई सम्मान गरेका थिए।

त्यसै गरि निर्देशनालयमा कार्यरत श्री ऋषिराम बास्तोला र याङ्जाकोट अतिरिक्त हुलाक कार्यालयका हल्कारालाई उत्कृष्ट कर्मचारीको रुपमा जनही नगद रु३०००।– तिन हजार र सम्मान पत्र दिई पुरस्कृत गरियो। सोमबार साँझ नै कार्यालयमा दिपावली गरि कार्यक्रम समापन गरिएको थियो।

Chaka Panja

Leave A Reply

Your email address will not be published.