काठमाडौं :
नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३’ को मनोनयन फारम खुल्ला भएको छ । आयोजकले पत्रकार सम्मेलनमार्फत मनोनयनका लागि फारम खुलेको जानकारी दिएको हो।
अवार्ड सुजन म्युजिक प्रा.लि. अनामनगर, काठमाडौंले आयोजना गर्न लागेको हो ।
सो अवार्ड कार्यक्रममा विभिन्न ३५ बिधामा अवार्ड बितरण गरिने छ भने सांगीतिक क्षेत्रमा योग्दान दिएका बिभिन्न व्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने कुरा आयोजक कमिटीकी अध्यक्ष चर्चित गायिका जमुना राना मगरले जानकारी दिइन्। उनले यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा हुने छ भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने बताईन्।
सम्मानित स्रष्टा र ब्यक्तिहरुको नाम नोमिनेशनको दिन सार्वजनिक गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।
काठमाडौंमा नभएकाहरुले अवार्डको ई–सेवाबाट पनि फारम भर्न सकिने छ । मनोनयन फारम शुल्क एक हजार रुपैया रहेको छ । बिस्तृत जानकारीको लागी ९८४१७६६९१८ मा सम्पर्क गर्न सकिने छ । आयोजक कमिटीको अध्यक्ष जमुना राना मगर रहेकी छन् भने संयोजकको रुपमा कुमार थापा रहेका छन् ।