सुचना, समाचार र मनोरन्जन

‘जलाकी’ निर्माण घोषणा, बागलुङबाट सुरु भयो छायांकन

काठमाडौं :

यसवर्षको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्मको घाष्ोणा गरेको छन्। शुक्रबार निर्माण टिमले फिल्म ‘जलाकी’ घोषणा गरेका छन्।

अशोक थापा मगरले निर्देशनमा निर्माण हुने यस फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गरिएको हो। पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको सिनेमाको छायांकन शुक्रबार आज बागलुङको कालिका भगवती मन्दिरमा भैइरहेको छ। त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी,अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेका छ।

गायक सुशान्त केसीको चर्चित गीत बार्दलीबाट उदाएकी मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु चलचित्र रहेको छ। कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ। यो सिनेमाको छायांकन तिन चरणमा निर्देशक अशोक थापा मगरले बताए। रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ। अन्य केही कलाकारको छनोट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ।

सिनेमाको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ । निर्देशक अशोक थापा मगरले बनाएको सिनेमा ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.