
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
रसुवा,
जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।
आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।
तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ ।