सुचना, समाचार र मनोरन्जन

बजेट असमानताको खाडलबाट उक्सिनसक्ने दस्तावेज बन्नुपर्छः जनार्दन शर्मा

 

 

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेरमात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्।

 

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन्। उनले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमुलक दस्तावेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए।

उनले बजेटमा चालु खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्नेगरि आएमा आफूहरुको पूर्ण समर्थन रहने बताए। राजश्व १० खर्बको वरिपरिमात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने बताए। साथै उनले आर्थिक पुनर्संरचना आवश्यक रहेको बताए।

उनले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निशारा चिर्ने गरि अघि बढ्न सुझाव दिए।

Leave A Reply

Your email address will not be published.