सुचना, समाचार र मनोरन्जन

‘जारी २’को गरियो रि सेन्सर पास,बढ्यो १४ मिनेटको दृश्य

काठमाडौं :

कवि,कथाकार उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी– २’ले केही सिन थपिएका छन्। फिल्म रिलिज भएको दुईदिनपछि फिल्ममा १४ मिनेट थपिएको हो।

पहिले २ घण्टा ७ मिनेटको फिल्म अहिले २ घण्टा २१ मिनेट पुगेको हो। फिल्मले राम्रो व्यापार गरिरहेको छ भने दर्शकबाट औसत प्रतिक्रिया पाएको हो। फिल्ममा दयाहाङ राई,मिरुना मगर,विजय बराल,बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । बासुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ निर्माता हुन् ।

Leave A Reply

Your email address will not be published.