सुचना, समाचार र मनोरन्जन

‘जेरी अन टप’मा अभिनेत्री र निर्माताबीच लफडा,गरे एकअर्कालाई आरोप पत्यारोप

काठमाडौं :

सरोज न्यौपानेको लगानीमा बन्न लागेको ‘जेरी अन टप’मा अभिनेत्री आना शर्मालाई रिप्लेस गर्दै जसिता गुरुङ भित्रिएको खबरले लफडा सुरु भएको छ। कलाकारको फोटो सुटमा मुख्य कलाकार नै नआएपछि निर्माताले आनाको ठाउँमा जसिता गुरुङलाई अनुबन्ध गरेपछि आना शर्माले चित्त दुखाउदै आफुलाई जानकारी नदिइन निकालेको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै बिरामी भएको कुरा निर्माण पक्षलाई जानकारी दिएको उल्लेख गरेकी छन्।

‘लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनु पर्छ भन्दिनँ।’उनले लेखेकी छन्,‘कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो । मलाई यसबारे राम्ररी थाहा छ । र, यो मेरो मुद्दा पनि होइन । तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो— त्यो सर्वथा गलत हो । फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?’

उनले फिल्मका लागि सम्झौता समेत निर्माण टिमले गर्न नमानेको आरोप लगाएकी छन्। उनले अगाडि भनेकी छन्,‘मैले व्यावासायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा उनीहरूले किन पटक–पटक आलटाल गरिरहे ? सम्झौता नगरिकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे?’

यता निर्माता न्यौपानेले परिचयसँगको कुराकानीमा फोन नउठाउने फिल्मको बारेमा गम्भिर नभएको हुनाले निकालेको बताए। उनले भने,‘उनलाई निकाल्न बाध्य भएका हौ। एक पटक होइन,दुई पटक होइन पटक पटक फोन गर्दा नउठाएपछि र विरामी भएको बहाना गरेपछि अभिनेत्री परिवर्तन गर्न बाध्य भएका हौँ।’

निर्माता न्यौपानेले आना शर्मालाई फोन कल गरेको डिटेल समेत सामाजिक सञ्जालमा राखेका छन्।

उनले लेखेका छन्,‘मुख्यतः नायिकाको सवालमा उहाँलाई चलचित्र क्षेत्र भनेको रमाइलो गर्ने, पार्टी गर्ने, मन लाग्यो भने खोजेको ठाउँमा आउने मन र मूड नहुँदा बिरामी छु भनेर टार्दा पुग्ने, बिना सम्पर्क हराउने सोच्नु भएछ। एक पटक होइन पटक–पटक यस्तो व्यवहार सहँदै हिजोको दिनसम्म धेरै नै ‘कम्प्रोमाइज’ गर्दै आएको हो। पटक पटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तितो अनुभव मसँग छ।’

आइतबार अनामनगरमा फोटो सुटका लागि फोन गर्दा समेत उनले नउठाएको निर्माता न्यौपाउने बताउँछन्। उनका अनुसार पटक पटक फोन सम्पर्क गर्दा कुनै प्रकारको जवाफ कारण नआई उनकी आमासँग कुरा गर्दा ‘रेडीमेड’ बिरामी परेको उत्तर दिएकी थिइन्।

उनी भन्छन्,‘स्वघोषित बिरामी उहाँको सोसियल मिडिया स्टोरीमा हाम्रो टिम लाई हाइड गरिएको थाहा भयो। भोलि काम छ भनेपछि रातभर पार्टी गर्दै बस्न मिल्ने काममा आउन नमिल्ने ? सबै कुराहरू बाहिर आउँछ त्यो उहाँको विशुद्ध व्यक्तिगत जीवन हो धेरै हाम्रो भन्नू नि केही छैन,तर उहाँको व्यक्तिगत जीवन ले करोडौँ लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्ट ‘जेरी अन टप’मा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो?’

सुयोग गुरुङले निर्देशन गर्ने यस फिल्ममा जसिताका अलवा अनमोल केसी,आँचल शर्माको मुख्य भुमिका रहेका छन्।

Leave A Reply

Your email address will not be published.