सुचना, समाचार र मनोरन्जन

बैशाखमा ‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

काठमाडौं :

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल अनुवन्धित भएका छन् । उनलाई निर्माण पक्षले सोमबार फिल्मको मुख्य कलाकारका रुपमा अनुबन्ध गरेको हो।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको छ। सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले मिडियालाई जानकारी दिएका छन्।

Chaka Panja

हाँस्य कलाकारको रुपमा चर्चित रहेका जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरु पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् । यो फिल्मलाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छ।

यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

यसैबिच, निर्माणपक्षले फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ । यो फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.