काठमाडौं :
शुक्रबार (आज)बाट हलमा नयाँ फिल्म ‘झिल्को’प्रदर्शनमा आएको छ। बिहिबार काठमाडौंमा भव्य प्रिमियर गरिएको यो फिल्म आजबाट प्रदर्शनमा आएको हो।
‘झोला’का निर्देशक यादब भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरका कथालाई समेटिएको छ। देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको यो फिल्मलाई वितरण कम्पनी डिसिएनले गरेको छ।
बालिकाको मुख्य भूमिकामा आयुषी ढकालका मुख्य भुमिका रहेकोयो फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको यो फिल्मलाई छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन्। पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।
यसका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। योसँगै हलमा फिल्म ‘वसन्त’,भुठान’,‘पिताम्बर’खेल’अञ्जिला’,देवी’लगायत विदेशी सहित १२ वटा प्रदर्शनमा रहेका छन्।