काठमाडौं :
ज्ञानेन्द्र देउजाको निर्देशनको फिल्म ‘झिँगेदाउ २’को प्याकअप भएको छ। निर्माण टिमले छायांकन थालेको ६३ दिनमा सकाएको हो।निर्माण टिमले अनुसार बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी दियो।
निर्देशक देउजाले फिल्मको सेड्युल ६० दिनको भएको भएता पनि सेड्युल भन्दा तीन दिन बढि लागेको बताए। गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढि समय लागेको उनले बताए। यस फिल्मको पहिलो भागको सफलता मर्न नदिन र दोस्रो भागलाई अझ बलियो बनाउनुपर्ने चुनौती निर्देशकमा थपिएको छ।
आगामी दसैंमा रिलिज घोषणा गरिएको यो फिल्मको छायांकन काभ्रेको पनौतिबाट छायांकन सुरु भएर काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र छायांकन गरिएको हो। कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन्। बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको यो फिल्मको फिल्मको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन्।