सुचना, समाचार र मनोरन्जन

होटलमा बिर्सिएको १ लाख ६ हजार नगदसहितको झोला फिर्ता

रौतहट,

रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयनमा खाना खाने क्रममा बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्।

जनकपुर निवासी बलराम साहुजी आइतबार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो ब्याग त्यहीँ छोडेका थिए। ब्यागमा रु १ लाख, ६ हजार नगदसहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए।

होटल सञ्चालक सुरेन्द्र साह अनुसार झोला फेला परेको जानकारीपछि साहुजीलाई सम्पर्क गरेर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीको रोहवरमा झोला जिम्मा लगाइएको हो।

चन्द्रपुर इलाका प्रहरी कार्यालयको निगरानीमा झोला बुझाइएकाले घटना पारदर्शी र सुरक्षित तरिकाले टुङ्गिएको छ। प्रहरीका अनुसार झोलाभित्र भएका सबै सामग्रीहरू फिर्ता गरिएको हो।

Leave A Reply

Your email address will not be published.