सुचना, समाचार र मनोरन्जन

‘ज्वाई साब’को पोस्टरमा जितु र नीति बेहुला बेहुली

काठमाडौं :

असोज २४ गते रिलिज हुने भनिएको फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह बेहुला बेहुली बनेका छन्। बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा बेहुला बेहुली बनेका हुन्। यो पोस्टर हेर्दा कमेडी जनराको बिहेकै कुरालाई जाडिएको अनुमान लगाउन सकिन्छ।

Pach Pandav

निर्माण टिमले फिल्मको एक गीत मात्र छायांकन गर्न बाँकी राखेर बाँकीकोे धमाधम पोष्ट प्रोडक्शनको काम गर्दै आएका छन्। राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जितु र नीतिका अलवा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ। रेड आई फिल्मस्को प्रस्तुतिमा मौसम फिल्मस्को सहकार्य रहेको छ। मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको यस फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।

Leave A Reply

Your email address will not be published.