सुचना, समाचार र मनोरन्जन

कालीगण्डकी करिडोरको राक्सेमा पहिरो हटाएसँगै सडक खुल्यो

गुल्मी,

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुलेको छ । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध थियो ।

सडक निर्माणको काम गर्दै आएको निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा पहिरो पन्छाएपछि सडक पूर्णरूपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए ।

सडक खुलेसँगै बिहानैदेखि त्यस क्षेत्रमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । पानी पर्दा कालीगण्डकी करिडोर पटक–पटक अवरुद्ध हुने समस्या छ ।

यसैबीच आज बिहानदेखि अवरुद्ध गुल्मीको रिaडी–वामीटक्सार सडक भने खुल्न सकेको छैन । सत्यवती गाउँपालिका–६ डहरे खोलामा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले पानी पर्दा जोखिम हुने भएकाले सतर्कता अपनाउन र सुरक्षित रहन आग्रहसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.