Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन
- प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ
- पोखराको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ
- को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु
- पूजा गुरुङ र जश्मिन श्रेष्ठको ‘हली’टिजरमा झल्कियो दर्दनाक घटना
- मदरल्याण्ड माविका ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए
- प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
- पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन
- ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज
- तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
कालीगण्डकीमा पक्की पुल
बागलुङ,
चार वर्षदेखि कालीगण्डकी करिडोरमा लगातार पहिरो खस्दै आएपछि बागलुङको दक्षिण भेगलाई जोड्न पक्की पुल निर्माण थालिएको छ । पहिरोका कारण बर्खामा सडक अवरुद्ध भएपछि पहिरोको विकल्पमा कालीगण्डकीमाथि पक्की पुल निर्माण थालिएको छ ।
बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले चार वर्ष यता र सोही नगरपालिका–१३ को कालाखोला बगरमा गत वर्षदेखियता सडकको ट्रयाक बगाएपछि बर्खामा सवारीसाधन ठप्प हुँदै आएका छन् । विसं २०७८ देखि खस्न थालेको गलुवाको पहिरो रोक्न नसकेपछि विकल्पमा कालीगण्डकी करिडोरलाई नदीमाथि पुल निर्माण गरी लोकमार्गमा जोड्न थालिएको हो । पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।
करिडोरको कालाखोला र मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको नयाँ पुल पुग्नेगरी कालीगण्डकी नदीमाथि मोटरेबल पुल बनाउने काम थालिएको हो । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयको ठेक्का सम्झौताअनुसार मोटरेवल पुल निर्माणको काम थालिएको हो । निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग रु १७ करोड लागतमा पुल बनाउने गरी ठेक्का सम्झौता गरेको थियो ।
निर्माणको जिम्मेवारी पाएको ठेकेदार पक्षले अहिले पुल निर्माणस्थलमा माटो परीक्षण गरिरहेको छ । एक सय मिटर लामो र ११ मिटर चौडा भएको यो पुल तीन वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौता रहेको निर्देशनालयका सब–इन्जिनियर विजय सुवेदीले जानकारी दिए ।
यो पुलले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने छ । गत वर्षातमा कालाखोलामा खसेको भीषण पहिरोले करिडोर अवरुद्ध भएको र एक्लेसालमा बर्सेनि खस्ने पहिरोले दक्षिण बागलुङ र करिडोर हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रीले सास्ती खेपेपछि निरन्तरको पहलमा पुल निर्माण थालिएको बागलुङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य तथा स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए ।
सो पुल बनेमा दक्षिण बागलुङदेखि गुल्मी, पाल्पादेखि बुटवल आउजाउ गर्ने यात्रुले सहज यात्रा गर्न पाउने छन् भने लोकमार्ग र करिडोरको संयोग विन्दुको रुपमा पुललाई लिन सकिनेछ । हाल कालोपत्रको चरणमा रहको करिडोरको बलेवा विमानस्थलदेखि मालढुङ्गा खण्डमा उक्त पहिरोका कारण समेत समस्या भइरहेको छ । पहिरोमा कालोपत्रको पूर्वाधार निर्माण हुन नसकेको छ ।
अहिले ठेकेदार पक्षले कालीगण्डकी किनारको दुवैतर्फबाट २० मिटर तलको माटो निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि उक्त स्थानमा पुलको काम थालिने सुवेदीले जानकारी दिनुभयो । पटक–पटकको प्रयासले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल बनाउन थालिएको हो ।