सुचना, समाचार र मनोरन्जन

लण्डनमा गुन्जियो कन्दरा

 

बेलायत : पोखरेली ब्याण्ड कन्दराले लण्डनमा पहिलो कन्सर्ट गरेको छ।

शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो। कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो। कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ।

 

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकको बेजोड लाइभ सङ्गीतमा करिब दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे।

 

गायक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’, ‘जिन्दगीको यो उत्सव हो वरदान ईश्वरको’, ‘विदेशिएर गइन् उनी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको’, ‘कहाँ हिँडेकी’, ‘तिमी पारि त्यो गाउँमा’ र ‘बल्लतल्ल भेट भाको’लगायतका गीत सुनाए।

 

Gandarbha

ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार ८०० दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ। गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो।

 

‘विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ’ कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने।

 

कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्। ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य छन्।

 

कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ।

 

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युिजल्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई-अगष्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा सांगितिक प्रस्तुति दिने जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.