सुचना, समाचार र मनोरन्जन

करेन्ट लागेर बाग्लुङमा एक जनाको मृत्यु

बागलुङ/

यहाँको बागलुङ नगरपालिका ४ ढोडेनीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । १७ वर्षीय शिव थापा मगरको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।

Leave A Reply

Your email address will not be published.