सुचना, समाचार र मनोरन्जन
jaar

‘कर्मा’को टिजरमा मुकुन भिलेन बन्दा एक्सनमा देखिए विपिन

काठमाडौं ।

यहीँ चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक भएको टिजर कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै सुरु भएको छ। त्यसपछि उनी एक्सनमा उत्रिन्छन्। भन्छन्,‘जे जान्छ,त्यो घुमेर आउँछ।’

टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ। ‘कर्माको खेले हो यो सबै, ‘न कोही जोगियो न कोही जोगिन्छ।’

यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ। टिजरले चलचित्रको कथा लुकाएको छ । तर, एक्सन खुलेर देखाएको छ। बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ। टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ। उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा छ।

टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ। विपिन र उपासनाको यो पहिलो सहकार्य हो। यस्तै यो सिनेमामा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको पनि अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन्। ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकको भुमिका निवार्ह गरेका छन्। समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर(ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ प्रदर्शनमा आउन लागेको हो। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ।

Leave A Reply

Your email address will not be published.