सुचना, समाचार र मनोरन्जन

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

 

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन्।

 

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१/८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए।

 

चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, जाजरकोटमा १०१, रुकुम पश्चिममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना बिरामी पत्ता लागेको उनले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.