काठमाडौं :
शुक्रबारबाट फिल्म ‘कार्साङ’को नेपालभरका हलबाट प्रदर्शनमा आएको छ। केहि दिन अघिबाट नै अग्रिम बुकिङ खुला भएको यो फिल्म आजबाट प्रदर्शनमा आएको हो।
क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेको थियो। देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो फिल्मले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ भने बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो। वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो।
यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ। त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६(६ शो उपलब्ध गराएका छन्। बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको रहेको यो फिलममा ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ। २ घन्टा ५ मिनेटको ुकार्साङु ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यो फिल्मले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।
फिल्म ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको मुख्य भुमिका रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान भने सह–निर्मातामा गोविन्द बोहरा छन्। आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्। अभिनेता दयाहाङ राईको नयाँ फिल्म ६ महिनाको अन्तरालपछि हलमा लाग्दैछ। यसअघि ‘घरज्वाइँ’फिल्म प्रदर्शनमा आएको थियो।