सुचना, समाचार र मनोरन्जन

काठमाडौं महानगरले आज बजेट ल्याउँदै, कतिको अउँदैछ हेर्नुहोस्

काठमाडौँ,

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट आज ल्याउने भएको छ । मेयर बालेन्द्र शाह (बालेन) ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए ।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

Leave A Reply

Your email address will not be published.