सुचना, समाचार र मनोरन्जन

चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले ५५ किलोमिटर सडक कालोपत्रे गर्यो

काठमाडौं,

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ५५.४ किलोमिटर कालोपत्रे गरेको छ ।

काठमाडौं महानगरले आगामी आवको नीति कार्यक्रम ल्याउने क्रममा आज सार्वजनिक गरेको चालुको आर्थिक वर्षको प्रगति विवरणमा ५५ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ ।

यस्तै १०.३१ किलोमिटर सडक ढलान भएको छ भने १२.२५ किलोमिटर ढल निर्माण भएको छ । यस्तै महानगरले ४२.४७ किलोमिटर ब्लक छापेको छ ।

Leave A Reply

Your email address will not be published.