सुचना, समाचार र मनोरन्जन

वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार

काठमाडौँ/

वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ ।  प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो ।

आईक्यू एयरका अनुसार शुक्रबार साँझ काठमाडौंको एक्यूआई ७७ रहेको छ । साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ । यसलाई वायु गुणस्तरमा मध्यम मानिन्छ ।

बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ । विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।

Leave A Reply

Your email address will not be published.