सुचना, समाचार र मनोरन्जन

न्युर्याेकको टाइम्स् स्क्वारको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने

काठमाडौँ :

अमेरिकाको न्युर्याेकमा गायक सुशान्त केसीले दर्शक नचाउँने भएका छन्। उनले न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेक’ नामक कार्यक्रममा गीतसंगीतमार्फत दर्शक झुमाउने भएका हुन्। हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुदै आएको भेन्युमा पहिलो पटक नेपाली कलाकारकोे कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा सुशान्त सहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दैछन्। नेपाली गीतसंगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कडेलले बताए।

कार्यक्रममा १६ बर्ष भन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्नेछन् । न्युर्याेकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले बताए । कार्यक्रमको मिडिया संयोजक रेशम जंग शाह रहेका छन्। करिब ४ घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारङ्गी’, ‘नजिक आउ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भगेरा’, ‘म तिमिलाई मन पराउँछु’ लगायत दर्जन बढी लोकप्रिय गीत मार्फत दर्शक रिझाउनेछन् । कन्सर्टको टिकट ठमेल एवाईसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.