सुचना, समाचार र मनोरन्जन

‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा, घर–घरको कथा

काठमाडौं :

गत साताबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। आज (शुक्रबार)बाट यो फिल्म प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो।

प्रदर्शनमा आएसँगै यो फिल्मले सकारात्मक वर्ड अफ माउथ पाइरहेको छ। निर्माण पक्षका अनुसार यो फिल्मलाई दर्शकले ‘के घर के डेरा : घर नं २’ आम नेपालीको घरघरको कथा भएको बताइरहेका छन्।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा: घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ।

‘के घर के डेरा : घर नं २’को ट्रेलर अहिले ट्रेन्डिङमा छ। फिल्मको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन्। दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने,निश्चल बस्नेत,आर्यन सिग्देल,केकी अधिकारी,उपासना सिंह ठकुरी,प्रकाश घिमिरे, श्रृजना नापित,संजोग रसाइली,रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ।

‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको छायांकन,कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

Leave A Reply

Your email address will not be published.