सुचना, समाचार र मनोरन्जन

क्षत्री समाज नेपालको केन्द्रीय कार्यसमिति बैठक पोखरामा सम्पन्न

पोखरा/

क्षत्री समाज नेपाल केन्द्रीय कार्यसमितिको बैठक पोखरामा सम्पन्न भएको छ । आवश्यता जातीय सदभावका निम्ती क्षत्री एकता आजको आवश्यता भन्ने मुल यजेन्डा सहित पोखरा बाट सुरु भएको समाजको अभियान हाल देशैभर र अन्तर्राष्ट्रिय स्तरसम्म रहेको छ ।

समाजको गतिविधि सहित क्षत्री एकता राष्ट्रियता अखण्डताका लागी समाज सकृय रुपमा रहेको समाजका महासचिव कृष्ण बहादुर थापाले बताए । सम्पन्न केन्द्रीय समितिबाट राष्ट्रिय महत्व को लागी ६ बुदे माग पुरा गराउन सरकार संग माग गर्ने नियर्ण गरेको छ ।

समाजद्धारा राखिएको मागहरुमा क्षत्री जातीलाई आदिवासीमा सुचिकृत गरीयोस ,संगै सबै जाति विच सदभाव कायम गरीयोस, राज्यका हरेक तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधिको ब्यवस्था गरीयोस, जातिय आरक्षण लाई बर्गीय रुपमा गरीयोस, राष्ट्रलार्ई दिर्घकालिन असर पर्ने निर्णयमा सबैको सहमतिमा गरियोस, सामाजिक सुरक्षामा लगाइको उमेर हद को विवाद हटाइयोस,खस क्षत्रीहरुको राष्ट्रिय आयोग गठन गरीयोस भन्ने माग रहेको अध्यक्ष रिब बहादुर थापाले बताए ।

सो बैठकले महासचिवद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन प्रस्ताविक कार्यक्रम योजना कोषाध्यक्ष द्धारा प्रस्तुत ,आर्थिक प्रस्ताब सहित उपाध्यक्षहरुबाट प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यहरुबाट जिल्लागत पेश भएको प्रतिवेदन लाई पारित गरीएको छ ।

समाजको विदान अनुसार केन्द्रीय सचिवालय मा अध्यक्ष रिब बहादुर थापा ,बरिष्ठ उपाध्यक्ष लेख बहादुर कार्की उपाध्यक्षहरु रामेश्वर थापा ,लाल अधिकारी ,अमृता देवी वानिया , महासचिव कृष्ण बहादुर थापा , कोषाध्यक्ष शंकर के।सी रहेका छन् ।

समाजको बिबिध गतिविधिलाई थप सकृय बनाउन देशैभर समाजको अभियान गर्ने , अधिबेशन गर्न ,बाकी रहेका जिल्ला समितिको अधिवेशन , भवन मर्मत सभ्भार,समाजलाई अन्तराष्ट्रिय स्तरमा सकृय गराउन विधिा गतिविधि लाई निरन्तरता दिन विदान सम्सोधन समिति , प्रस्तावित कार्यक्रम हरुलाई पारीत गरेको छ ।

समाजका अध्यक्ष रिब बहादुर थापाको सभापतित्वमा भएको कमर्यक्रममा उपाध्यक्षहरु लाल बहादुर अधिकारी श्याम कार्की , भरत बस्नेत , रामेश्वर थापा ,महिला उपाध्यक्ष अमृता देबी बानिया, गण्डकी प्रदेस अध्यक्ष इन्द्रमान खत्री ,लुम्बीनी प्रदेश अध्यक्ष पृथ्वी फौदार, कानुन विभाग प्रमुख यम बहादुर क्षत्री, लेखा आयोग अध्यक्ष चन्द्र सुवेदी , निवार्चन समिति अध्यक्ष धुव्र खड्का , सचीव शिब बहादुर थापा लगायतले बिषयगत भनाई राखेका थिए ।

समाजको नामलाई प्रयोग गरी भएको असम्मबन्धीत कार्यक्रम प्रति विरोध गदै सो को नेतृत्व गरेका पूर्व उपाध्यक्ष योगेन्द्र कार्कीलाई समाजको सल्लाहकार र सदस्य बाट निलम्बन सहित त्यस्ता गतिविधि मा कोही क्षत्री हरु नलागन आग्रह गदै ,अन्य क्षत्री जातीको नाममा गठन भएका समाजहररु संग एकता बार्ता का लागी पुर्व अध्यक्ष प्रा.डा चन्द्र बहादुर थापाको संयोजकत्वमा ५ सदस्य केन्द्रीय बार्ता एकता समिति गठन गदै एकता प्रकृयामा आउन अन्य समाज हरु लाई आह्वान समेत बैठकले गरेको छ ।

बैठक पुर्ब उपस्थित केन्द्रीय समिति लाई क्षत्री समाज नेपाल जिल्ला समिति कास्की द्धारा स्वागत सम्मान गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.