
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु
- विरामी हुँदा पनि निरुता र उत्तम‘सारथी’को प्रचारप्रसारमा व्यस्त,हल भिजिटमा निस्कने तयारी
- पोखरामा मंसिर १२ गते वृहत् सरसफाइ अभियान, नागरिक सहभागिताका लागि जागरण कार्यक्रम
- ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक, विजय र अञ्जनाको प्रेममा को हो तगारो?
- ‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, भोली शुक्रबारबाट फिल्म रिलिज
- ‘एक्का–३’ काे कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त
- पूजा शर्मा र अशोक दर्जीको ‘सेतो कोट’ को एक्सन कट
- लेखनाथको नौविसे फाँटमा शनिबार परम्परागत दाइँ महोत्सव हुँदै
- वैवाहिक बन्धनमा बाँधिए रोहित र सिम्रन
- जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै
खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद
हुम्ला,
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ ।
कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो । त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरुको तुलनामा हाल खाद्य संस्थानको चामलको बिक्री घटेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा सो कार्यालयले पाँच करोड ७० लाख ७१ हजार ८२१ रुपैयाँ बराबरको चामल, तेल र चिनि बिक्रि गरी सात हजार ९४२ क्वीन्टल चामल मौज्दात रहेको कार्यालयका लेखापाल ऐडीले बताउनुभयो ।
यसैबीच हुम्लाको यारी भन्सार कार्यालय चार महिना पछि सञ्चालनमा आएको छ । नारा लेकको हिउँ पन्छाइसकेपछि सो नाका सञ्चालनमा आएको भन्सार कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०८१र०८२ मा उक्त नाकाबाट १७ लाख ५४ हजार राजस्व सङ्कलन भएको थियो । उक्त नाका भएर हुम्लाका युवायुवतीहरु चीनको ताक्लाकोट काम गर्न जानेको सङ्ख्या समेत बढेको कार्यालय प्रमुख जैसीले बताउनुभयो ।
Prev Post