काठमाडौँ :
शुक्रबार (आज)बाट दुई नयाँ नेपाली फिल्मसहित १२ वटा फिल्म प्रदर्शनमा आएका छन्। आजबाट ‘खेल’ र बलिउड फिल्म ‘ओए भुतनी के’ रिलिजमा आएको छ। यि तीन वटा फिल्म हलमा प्रदर्शनका लागि थपिदा एक दर्जन पुगेका हुन्। यसअघि प्रदर्शनमा आएका फिल्म ‘पिताम्बर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘वसन्त’, ‘होस्टल ३’, ‘जाट’, ‘केशरी २’ र ‘अ मिनिक्राफ्ट’,‘अन्दाज अपना अपना’ हलमा प्रदर्शन भइरहेका छन्। यसमा कुनै फिल्म हलबाट उत्रने छाँटकाँट देखिदैन।
आजबाट प्रदर्शनमा आएको फिल्म ‘खेल’ अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्म हो भने ‘भूठान ’ विनोद पौडेलले निर्देशन गरेका छन्।फिल्म ‘खेल’मा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ। नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित हो।
यता ‘भूठान’मा भने हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ। ‘भूठान’को अंग्रेजी नाम ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ दिइएको छ भने यसमा अभिनेता आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय रहेको छ । फिल्मका निर्माता राजेन्द्र ठकुराठी र कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी हुन्।