
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ५२औँ भागमा पुग्यो ‘परिवेश’ सिरियल, कलाकारलाई सम्मान तथा प्रमाणपत्र वितरण
- कात्तिकमा पाथीभरामा ६४ हजारभन्दा बढी भक्तजनले गरे दर्शन
- माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो
- ३०० जनालाई टुरिस्ट गाइडसहितको तालिम सञ्चालन गर्न आवेदन माग
- प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने
- बक्स अफिसमा बाबुछोराको तुफान : ‘बाटुलो जून’ले ४ दिनमै छाप्यो ५ करोड ७५ लाख
- दयाहाङको कबड्डी ५ र पेन्सन पट्टाको व्यापारमा दबदबा, हरिवंशको ‘पाँच पाण्डव’ बक्स अफिसमा कमजोर
- चलचित्र ‘प्रेम अध्याय’ अमेरिकाको टेक्ससस्थित ड्यालसमा विशेष प्रदर्शन
- खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड
- दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने
किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने
काठमाडौँ,
सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो ।
किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचयपत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डा सञ्जीव पण्डितले जानकारी दिनुभयो । परिचयपत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ ।

किसानले कति जमिनमा के कस्तो बाली लगाउँछन्, कति पशुपन्छी पाल्छन्, सिँचाइको अवस्था कस्तो छ, उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचयपत्र महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । सरकारले ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ तथा ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ मार्फत यसको संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको थियो ।
केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ । किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपन्छी उत्पादन, कृषि व्यवसायलगायतको तथ्याङ्क सङ्कलनका आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ ।
कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् । अहिलेसम्म २६ लाख बढी किसान सूचीकरणमा आबद्ध भएका छन् । बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको केन्द्रले जनाएको छ ।