
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने
मोरङ,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे ।
नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषि उत्पादनमा असर परिरहेका यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको छ । पछिल्लो समयमा बसाइँसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेकाले किसानलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याइएको हो ।”
मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।”
Prev Post