काठमाडौं ।
जेपिजे इन्टरटेनमेन्टको प्रस्तुतिमा कथानक वृतचित्र ‘तितेमाछा’ निर्माण हुने भएको छ। साना, ठूला पर्दाका दर्जन बढी चलचित्र र दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसक्नु भएका किशोर सुब्बाको निर्देशन रहने ‘तितेमाछा’ को लागि हाल यासेली योङ्गहाङ्गले पटकथा तथा संवाद तयार पारिरहनु भएको छ भने जसको मुल कथा र परिकल्मना निर्देशक सुब्बाकै रहने छ।
यसमा सह-लेखन बिवस वेनाम, डा. टंक सेलिङ्ग किशोर सुब्बा सिर्ष गीत हर्क योंङ्हांङ् पास्र्व संगीत अशोक लोहरूङ्ग राई, मनि ताम्लिङ्ग, कास्टिङ्ग डिजाईन प्रेम सुब्बा, प्रोडक्सन कोअर्डिनेटर सागर सुब्बा, लोकल स्पोर्ट कोअर्डिनेटर भिम कु. सेम्बु, आशिष भट्टराईको रहने छ भने येहाङ्ग लावती, प्रेम पन्दाक र बिनोद पोमूको पनि सहकार्य रहने छ।
ताप्लेजुङ्गको मेवाखोला, फावाखोला र पाँचथरको हेंवाखोला वरिपरि छायांकन गरिने वृत्तचित्र ‘तितेमाछा’ का लागि प्राबिधिक र कलाकारको बारेमा निर्देशक सुब्बाले केहि समय पछि एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गर्ने बताउनु भएको छ। सुब्बाले भने ‘मेरो निर्देशनमा चलिरहेको बिबिध मनोरञ्जनात्मक कार्यक्रम ‘हेल्लो अमेरिका’ र म्युजिक भिडियोहरु निर्माणका साथै निर्देशनमा सक्रिय रहने छु।’