सुचना, समाचार र मनोरन्जन

निर्देशक सुब्बा कर्मथलो प्रस्थान

काठमाडौं :

२०२४ अक्टोवर १ तारिकका दिन नेपाल आएका चलचित्र निर्देशक किशोर सुब्बा झण्डै ४ महिनाको नेपाल बसाई पश्चात २५ जनवरी २०२४ मा कर्मथलो अमेरिका फर्केका छन् । यस पटकको नेपाल वसाईमा थाँतिरहेका आफ्ना चलचित्र, म्युजिक भिडियो र केही लघु चलचित्रको काम फत्ते गरेर अमेरिका फर्कने सपना पनि अन्य घर्यासी कामहरु मिलाउदा मिलाउदै अधुरै रहेको निर्देशक सुब्बाले बताए । निर्देशक सुब्बले यो पटक आफ्नी आमालाई पनि आफुसंगै अमेरिका लगेका छन् ।

उनि भन्छन् : ‘सिक्किमका मित्रहरुले मेरो पुरानो चलचित्रको रिमेक गर्ने प्रस्ताव र एक दुईवटा पहिला देखिकै थातीरहेका केहि प्रोजेक्टहरु माथी काम गर्ने सोच थियो समयाभावले यो पटक गर्नै सकिएन । यति हुँदा हँुदै पनि ‘तितेमाछा’ नामक डकुमेन्ट्री र केही म्युजिक भिडियो त गरिहालौं भन्ने थियो त्यो पनि समयाभावको कारण गर्न नसकेकोमा खल्लो महसूश भएको छ ।’

सुब्बाले भने ‘मेरो निर्देशनमा चलिरहेको बिबिध मनोरञ्जनात्मक कार्यक्रम ‘हेल्लो अमेरिका’ र म्युजिक भिडियोहरु निर्माणमा अवका दिनहरुमा सक्रिय रहने छु ।’ दर्जन बढी साना, ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका सुब्बाको ‘काश जिन्दगी’ नामक पुस्तक प्रकाशनमा आएको छ ।

Leave A Reply

Your email address will not be published.