
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वरमा ‘रामले बाटो देखाइदेऊ’
- मंसिर ११ अघि नै ‘ककाकिकी’को क्रेज: ५ दिनमा १० लाख पार, ट्रेन्डिङमा तेस्रो
- पूजा शर्मा र अशोक दर्जीलाई ‘सेतो कोट’निर्देशन गर्दै शिवम्
- निरुता र उत्तम अभिनित ‘सारथी’को ट्रेलर सार्वजनिक
- स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल
- लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव भोलि, सभामुख डिपी अर्यालले उद्घाटन गर्ने
- निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि होः गगन थापा
- ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने
- रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता
- संविधान र कानुनको व्यवस्था अनुसार निर्वाचन गरौँः प्रचण्ड
कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा
मुस्ताङ,
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आई पुग्नुभएको छ । (नेपाल—चीन) कोरलानाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाकाबाट उपल्लो मुस्ताङको लोमान्थाङ आइपुग्नु भएको हो ।
यससम्बन्धी जानकारी दिँदै मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै मुस्ताङ आउनुभएको जानकारी दिनुभयो । “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” सिडियो शर्माले भन्नुभयो, “चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उहाँ आज दिउँसो कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ ।”
यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नेपालका लागि चिनियाँ राजदूत तीनदिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ आउनुभएको जानकारी दिनुभयो । चीनियाँ राजदूतसहित पाँच जना चिनियाँ टोली र दुई जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी रहेको जानकारी दिनुभयो । कोरलानाका हुँदै मुस्ताङ आउनुभएको उक्त टोली सदस्यहरु लोमान्थाङस्थित होटल मण्डलामा बस्नुभएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । उक्त टोली लोमान्थाङबाट जोमसोम आउने कार्यतालिका रहेको छ ।
चिनियाँ राजदूत चाङ माओमिङ आज बिहान लोमान्थाङबाट जोमसोम आउने जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीन समकक्षीबीच कोरलानाकासम्बन्धी बैठक बस्ने जनाइएको छ ।

कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम आइसकेपछि बैठक सकेर चिनियाँ राजदुत आज पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको छ । भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरलानाका हुँदै चीन फर्किने योजना छ ।
नेपाल—चीन उत्तरी कोरलानाकाबाट चिनियाँ राजदूतको उच्चस्तरीय भ्रमण यो नै पहिलो भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । कोरलानाकालाई पूर्ण रुपमा खोल्न र कोरलानाकाको समग्र वस्तुस्थितिको अनुगमनका लागि चिनियाँ राजदूत मुस्ताङ आउनुभएको उहाँको भनाइ छ ।
गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द छ । यस्तै, उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तोमा नेपालका लागि—चिनियाँ राजदूतसहितको मुस्ताङ भ्रमणबारे मुस्ताङका जानकारहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।
गत भदौ १० यता नेपाल—चीन उत्तरी कोरलानाका वैकल्पिक नाकाका रुपमा उभिएको छ । रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्नमा योगदान गरेको छ ।
कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन तथा अन्तरराष्ट्रिय नाकाका रुपमा व्यवस्थापन गर्ने, नाकामा देखिएका समस्या र चुनौतीको समाधान खोज्ने, कोरलानाकामा नेपाल पक्षको पूर्वाधारहरुको अवलोकन गर्ने र कोरलानाका जोड्ने सडकको अनुगमनका लागि चिनियाँ राजदूतको मुस्ताङ भ्रमण फलदायी हुने आशा गरिएको छ ।