सुचना, समाचार र मनोरन्जन

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चचाए एवं श्रीकृष्ण कथा प्रवचन शुरु

पोखरा : 

पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ । आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे।

सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको धार्मिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि एक महिने श्रीमदवीतक कार्यक्रमले ठूलो टेवा पुग्ने मन्त्री थापाले बताए।

धर्म र संस्कृतिलाई जोडेर लैजान सकेको खण्डमा धार्मिक पर्यटनको क्षेत्रमा उल्लेख्य काम हुने भएकाले पोखरामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सरकारले लगानी गरेको बताउदै मन्त्री थापाले प्रदेश सरकारले लगानी गरेको रकमको सदुपयोग गर्न आग्रह गरे।

त्यस्तै राष्ट्रिय भुमि आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले धार्मिक अनुष्ठानको आफ्नै महत्व हुने बताउदै पोखरा महानगरपालिकाले भुमिहिन र विभिन्न सम्पदाका लागि निस्सा वितरण गरेको र हाल सम्म पनि उक्त निस्साहरु भुमि आयोगमा नपठाएको र उक्त निस्सा पठाउने बित्तिकै श्रीकृष्ण प्रणामी मन्दिरको लागि गर्नुपर्ने काम आफ्नो तर्फबाट र आयोगबाट गर्ने प्रतिवद्धता ब्यक्त गरे।

त्यस्तै श्रीकृष्ण प्रणमी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले श्रीकृष्ण प्रणामी मन्दिरमा बिगतका वर्षहरुमा जस्तै यो वर्षपनि कृष्णजन्माष्टमीको अवसर पारी श्रावण कृष्ण पन्चमी असाढ ३१ देखि भाद्र कष्ण अष्टमी श्रावण ३१ गते सम्म श्रीमदवीतक चर्चाको आयोजना गरिएको बताउदै उक्त कार्यक्रममा सहभागी हुन श्रद्धालु भक्तजनहरुलाई आग्रह गरे । त्यस्तै पत्रकार एमबी आस्था मगरले समाजमा नैतिक शिक्षाको आवश्यक रहेको सन्दर्भलाई मध्येनजर गरी धार्मिक अनुष्ठानको आयोजना गरि नैतिक शिक्षा प्रदान गर्न श्रीकृष्ण प्रणामी मन्दिर लागि परेकोमा सञ्चालकहरु प्रति आभार प्रकट गरे । त्यस्तै श्रीकृष्ण प्रणामी मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याएको र सामाजिक काममा समेत लागि परेको र त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

मासबार आमा समुहकी अध्यक्ष शारदा गिरीले वार्षिक रुपमा कृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी मन्दिरले श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरी समाज रुपान्तरण र धर्म रक्षामा लागेकोमा मन्दिर परिवार प्रति आभार प्रकट गरिन ।

श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका जिल्ला अध्यक्ष कृष्ण ढुंगानाले श्रीकृष्ण प्रणामी मन्दिरले जीवनको उद्देश्य के हो र कर्तब्य के हो भन्ने बारेमा सत्संग रुपी श्रीमदवीतक चर्चाको आयोजना गरिएकाले यसमा सहभागी भएर लाभ लिन आग्रह गरे ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले असार ३१ देखि सुरु भएको श्रीमदवीतक कार्यक्रम एक महिना सम्म सञ्चालन हुने र प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन हुने बताए । कार्यक्रममा कार्यक्रम संयोजक केशब प्रसाद बरालले स्वागत मन्तब्य राखेका थिएभने सचिव लक्ष्मण बरालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

यस अघि श्रीकृष्ण प्रणामी मन्दिरबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, नागढुंगा, चरक अस्पताल हुदै पुन श्रीकृष्ण प्रणामी मन्दिरमा पुगी समापन भएको थियो ।

Leave A Reply

Your email address will not be published.