पाेखरा,
पाेखरा महानगरपालिका वडा नं ४, गैह्रपाटनमा रहेकाे प्रतिष्ठत विद्यालय कुमुदिनी हाेम्सले पहिलाे पटक विद्यालयमा ‘कुमुदिनी कार्नभल तथा लिटरेचर फेस्टिभल आयाेजना गर्यो ।
विद्यालयले शिक्षाका साथसाथै विद्यार्थीलाई भविष्यमा आफ्नै खुट्टामा उभिन, आत्मविश्वासी बन्न अतिरिक्त क्रियाकलाप र यस्ताे कार्निभल प्रेरक हुने बताएकाे छ ।
विद्यालयका संस्थापक अध्यक्ष अशाेक पालिखेले कार्निभलमा विद्यार्थीले ४५ वटा स्टल राखेका बताए ।
स्टलहरुमा विभिन्न खानाका परिकार, फास्टफुड, खेलविभिन्न हस्तकलाका सामग्रीहरू समावेश गरिएकाे थियाे । काेही म:म:, काेही लस्सी, कफि, सेलरोटी र काेहि पेन्टिङमा झुम्मिएका थिए ।
यस्तै कार्निभलमै लेखक, साहित्यकारसँग विद्यार्थीलाई परिचित हुने र साक्षात्कार गराईएकाे छ । जीवनमा सफलता पाउनका लागि धेरै मेहनत चाहिन्छ अनि सफल भईन्छ । त्यसैले लेखककाे अनुभव सुनाउन प्रमुख अतिथि साहित्यकार, लेखक तीर्थ गुरुङसँग विद्यार्थीकाे साक्षात्कार गराईएकाेे पालिखेले बताए । यसमा सहजकर्ताका रुपमा शिक्षक अनुपमणि अधिकारी थिए । विद्यार्थीहरूले गुरुङको कृति पाठशालामा आधारित भएर विभिन्न जिज्ञासा समेत राखेका थिए ।
प्रमुख अतिथि गुरुङले यसरी विद्यार्थी माझ आफूलाई प्रस्तुत गर्ने मौका पाएकोमा ज्यादै खुसी लागेको बताए । उनले विद्यार्थीसँग अन्तरक्रियामा जुट्दा उनीहरूका भावना बुझ्ने अवसर मिलेको बताए।

पाेखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख जीवन रेग्मीले उत्कृष्ट विद्यालयकाे रुपमा परिचित कुमुदिनीले शिक्षाका साथमा अतिरिक्त क्रियाकलापलाई पनि सञ्चालन गर्नु र सिपलाई व्यवहारमा उतार्न मेला नै आयाेजना गर्नु खुसीकाे कुरा भएकाे बताए।
कार्यक्रममा पाेमनपा वडा नं ४ का सदस्य प्रकाश काेईराला, अभिभावकहरू, सञ्चालक मिना पालिखे, कुशल पालिखे, व्यवस्थापन समितिका सदस्य राज बहादुर गुरुङ, सहप्राचार्य मुकेश कुमार अधिकारी, गणित शिक्षक मन बहादुर भुजेल, सजनी माजु लगायत सरिक भएकाे थिए ।
सोही अवसरमा कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो । शिक्षकहरू उमा पोख्रेल र अनुपमणि अधिकारी निर्णायक रहेको प्रतियोगितामा गरिमा ढुङ्गाना प्रथम, प्रतीक पौडेल द्वितीय, ऐश्वरी श्रेष्ठ तृतीय र सान्भी श्रेष्ठ सान्त्वना भएका थिए । विजेता विद्यार्थीलाई विभिन्न साहित्यिक पुस्तक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कुरा कार्यक्रम संयोजक शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए ।
साे अवसरमा विभिन्न नृत्य तथा कुमुदिनी ट्राइब ब्याण्डको प्रस्तुति र स्थानीय ब्ल्याक फेदरको सांगीतिक प्रस्तुति गरिएकाे थियाे ।
संस्थापक अध्यक्ष अशाेक पालिखेकाे अध्यक्षतामा भएकाे कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए ।