सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : हलमा एक्ले लाग्यो यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’

काठमाडौं :

शुक्रबार अर्थात् फागुन २९बाट हलमा फिल्म ‘लालिमा’ प्रदर्शनमा आएको छ। बिहिबार देशभरका हलहरूले बुकिङ खुलाएसँगै आजबाट प्रदर्शन्मा आएको हो।

यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। वास्तविक यौनकर्मीहरू समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस फिल्ममा अभिनेत्री रोशनी कार्की शीर्ष भूमिकामा छिन्। उनका अलवा यस फिल्ममा अभिनेता जीवन भट्टराई,अभिनेत्री उषा रजक र कलाका शिशिर वाङदेद मुख्य भूमिकामा छन् ।फिल्ममा अन्य कलाकारहरू सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको पनि अभिनय रहेको छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ। चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो। यो फिल्मसँगै अगाडिबाट प्रदर्शनमा आएका नेपाली तथा विदेशी गरेर झण्डै एक दर्जन फिल्म हलमा प्रदर्शन रहेका छन्।

Leave A Reply

Your email address will not be published.