पोखरा,
लेखनाथ उद्योग वाणिज्य संघको उप–महासचिव पदमा एल.पी ढुङ्गनाले उमेद्वारी दिएका छन । भाद्र २०–२१ गते हुन लागेको २५ औँ साधारण सभा तथा १५ औँ अधिवेशन संघको निर्वाचनको लागि उप–महासचिव पदमा उनले उमेद्वारी दिएका हुन ।
लक्ष्मी प्रसाद (एल.पी.) ढुङ्गाना व्यवसायिक र सामाजिक दुनियाँमा समानरूपमा परिचित, इमानदार र दृष्टिवान् व्यक्तित्वका रूपमा स्थापित नाम हो।
ढुङ्गानाले एल.पी. ट्रेडर्स, अमर डिजाइन एण्ड प्रिन्ट सेन्टर, गण्डकी फ्रेम उद्योग लगायतका सफल व्यवसाय सञ्चालन गर्दै स्थानीय व्यवसायिक क्षेत्रमा उदाहरणीय योगदान दिएका छन्।
सामाजिक संलग्नता
व्यवसायसँगै उनले सहकारी विकास, रोजगारी प्रवर्द्धन, विपद् व्यवस्थापन, रेडक्रस, साहित्य, युवा उत्थान लगायतका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समुदायलाई निरन्तर सशक्त बनाउँदै आएका छन्।
प्रगतिशील सोच र नेतृत्व
कला, साहित्य, सूचना प्रविधि र सामाजिक अभियानलाई व्यवसायिक हितसँग जोड्ने दृष्टिकोण प्रस्तुत गर्दै आएका ढुङ्गाना युवा–अनुकूल सोच, पारदर्शी कार्यशैली र समस्या समाधानमा अग्रसर व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी भन्छन्— “म जित्दा कुनै व्यवसायीले हार्नुपर्ने छैन। सबैको साझा सफलता नै मेरो लक्ष्य हो।”
डिजिटल युगतर्फको दृष्टि
सूचना प्रविधिमा काम गरेको अनुभवका आधारमा ढुङ्गानाले व्यवसायीहरूलाई डिजिटल सिस्टममा जोड्ने, नेतृत्व सीप विकास गर्ने र व्यवसायलाई अझ प्राविधिक र दिगो बनाउने प्रतिबद्धता जनाएका छन्।
विश्वासिलो उम्मेदवार
गत कार्यकालमै व्यवसायीहरूको आवाज बुलन्द गर्ने, विकृतिको विरोध गर्ने र समाधानतर्फ अघि बढ्ने नेतृत्व प्रस्तुत गरिसकेका ढुङ्गानालाई यसपटक व्यवसायी समाजले अत्यधिक मतसहित विजयी गराउने अपेक्षा गरिएको छ।
इमानदार नेतृत्व, सामाजिक सेवाप्रतिको समर्पण र व्यवसायिक अनुभवका कारण एल।पी। ढुङ्गाना उप–महासचिव पदका लागि सबैभन्दा सक्षम र विश्वासिलो उम्मेदवारका रुपमा हेरिएको छ ।
