सुचना, समाचार र मनोरन्जन

“बेष्ट वन एजुकेसन लक्की सांस्कृतिक सांँझ” को तयारी तीव्र, चर्चित गायकगायिकाको प्रस्तुति 

चितवन ।

बेष्ट वन एजुकेसन लक्की सांस्कृतिक सांँझ –२०८० तयारी तीब्र पारिएको छ । यही मंसिर ७ गते हरिबोधनी एकादशीको अवसर पारे भरतपुर वडा नम्बर –९ स्थित डल्फिन फन पार्क एण्ड रिसोर्टमा उक्त कार्यक्रम गर्न लागिएको हो । यसका लागि तयारी तीब्र पारिएको आयोजक संस्था लक्की मिडिया हाउसले जानकारी दिएको छ ।

मिडिया हाउसका महाप्रबन्धक एवं कार्यक्रम संयोजक हरि कार्की ’लक्की’ का अनुसार स्टेज निर्माण, सजाबटका साथै सबै कलाकारलाई निमन्त्रणा गरिसकिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा वडा नम्बर ७ का अध्यक्ष तथा बिकासप्रेमी युवा नेता राजेन्द्रमणी काफ्ले, बिशिष्ट अतिथिमा नेपाली सांगीतिक क्षेत्रका चर्चित वरिष्ठ सदावहार गायक आनन्द कार्की र नेपाल सांस्कृतिक संघका सह–महामन्त्री चेतबहादुर सिंह ’राजा’ रहनु हुने कार्कीले जानकारी दिए । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न प्रचार–प्रसार एवं टिकट वितरण कार्य समेत भईरहेको कार्कीले बताए ।

‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा सांस्कृतिक साँझ गर्न लागिएको हो । कार्यक्रममा नेपाली लोक दोहोरी क्षेत्रकी वरिष्ठ लोक गायिका देवी घर्ती मगर, नेपाली सांगितिक क्षेत्रकी चर्चित गायिका सहिमा श्रेष्ठ, सञ्चारकर्मी तथा गायक सन्तोष बस्याल र गायक सुजन क्षेत्री लगायतले प्रस्तुती दिनु हुने छ ।

मंसिर ७ गते सांँझ ६ बजेदेखि कार्यक्रम शुरु हुने महाप्रबन्धक एवं संयोजक कार्कीले जानकारी दिए । आगामी दिनमा पनि नेपाली कला संस्कृतिको संरक्षण र संर्वद्धनका लागि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहांँको भनाई छ । यसपछि चैते दसैंमा बाग्लुङमा हुन गईरहेको बृहत सांगितिक कार्यक्रमको तयारी सुरु गरिने समेत उनले बताए । बाग्लुङमा हुने कार्यक्रमको लागि अब केही दिनमा कार्यक्रमको प्रचार–प्रसारको लागि मोफसल टुर कार्यक्रम आयोजना गरिदैछ ।

Leave A Reply

Your email address will not be published.