सुचना, समाचार र मनोरन्जन

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ,

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई भोलि दिउँसो ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन ।

आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएको घोषणा गरे । राजीनामा दिँदै सिंहले आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाउने काम गरिएको टिप्पणी गरे ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.